Skip to main content

आँखा हराएपछि बक्सिङले मलाई दृष्टिकोण कसरी दियो

‘मैले दृष्टि गुमाएँ अनि बक्सिङले मलाई आत्मनियन्त्रणको अनुभूति दियो’ एडम सोलन किशोरावस्थामै दृष्टिविहीन भए। त्यो उनको लागि ठूलो सदमा बन्यो। उनी धेरै खान थाले र मानसिक रूपमा दुःखी र अस्वस्थ भए। त्यसपछि उनीमा विभिन्न ‘नकारात्मक सोच’ जन्मिए। पछि उनले सानै छँदा बक्सिङको अभ्यास गरेको कुरा सम्झिए। उनले स्थानीय जिमखानामा पुनः बक्सिङ अभ्यास गर्न सकिन्छ कि भनी खोजी गर्न थाले। सुरक्षा नियमका कारणले उनी प्रतिस्पर्धात्मक बक्सिङ खेलमा भाग लिन सक्दैनन्। तर उनी बक्सिङलाई मन पराउँछन् र अपाङ्गता भएका अरूलाई खेलकुदमा संलग्न गराउन सहयोग गर्न चाहन्छन्। सामाजिक सञ्जालमा उनलाई ठूलो संख्यामा मानिसहरूले फलो गर्छन्। उनी सामाजिक सञ्जालबाट मानिसहरूलाई आफ्नो सन्देश प्रवाह गर्छन्।