
बाढीका कारण शिक्षकहरूमा परेको मानसिक असर र त्यसको समाधान के हुन सक्छ? भोटेकोशी-त्रिशूली बाढीका कारण प्रभावित क्षेत्रका बालबालिकालाई नियमित पठनपाठनमा फर्काउने प्रयास सुरु गरिएको छ। तर उक्त प्रक्रियामा संलग्न हुनुपर्ने केही शिक्षकहरू स्वयं पनि बाढीबाट प्रभावित भएका छन्। विद्यालयका भवन सुरक्षित रहेका स्थानमा विद्यालयमै र अन्यलाई होल्डिङ सेन्टरमै आधारभूत शिक्षा प्रदान गर्ने कामसँगै प्रभावित क्षेत्रका शिक्षकहरूको मानसिक स्वास्थ्यमा पनि ध्यान दिनु आवश्यक रहेको जानकारहरूले बताएका छन्।
यस सन्दर्भमा त्रिभुवन विश्वविद्यालय मनोविज्ञान विभागका सहायक प्राध्यापक डा सन्देश ढकाललाई, विपद् पछि शिक्षकहरूलाई मानसिक रूपमा कस्तो प्रभाव पर्न सक्छ र त्यसको समाधान के हुन सक्छ भन्नेबारे हामीले सोधेका छौं। ‘बीबीसी हातेमालो’ कार्यक्रमका लागि प्रतीक्षा खनालले डा ढकालसँग गरेको कुराकानी सुनौं।






