
२० असोज, काठमाडौं। नेपालका दुई ईस्पोर्ट्स टिम होरा ईस्पोर्ट्स र टीटूके ईस्पोर्ट्स पब्जी मोबाइल ग्लोबल ओपन प्रतियोगितामा एउटै समूहमा परेका छन्। अक्टोबर २० देखि पाकिस्तानमा आयोजना हुन लागेको उक्त प्रतियोगिताका लागि सोमबार राति गरिएको ‘ड्र’ मा नेपाली दुई टोली समूह ‘ए’ मा परेका छन्। दुवै टोली काठमाडौंमा सम्पन्न साउथ एसिया फाइनलमार्फत मुख्य प्रतियोगिताको लागि छनोट भएका थिए।
समूह ‘ए’ मा होरा र टीटूकेको साथै फोके, अल उला, गीक, एसटुजी, एसपी, बीटीआर, एकेजी, एसएलबी, आरओडब्लु, आईएनएफ, आर एः, ओल्ड नट, एचसी र पब्जी मोबाइल पाकिस्तान ओपन (पीएमपीओ) बाट आएको शीर्ष टोलीहरू रहनेछन्। समूह ‘बी’ मा १८ ईस्पोर्ट्स, आरएट, सीएस, आईकर्ड, भीपीई, एई, आरईजी, बीयूएफ, यूएलएफ, अल्फा सेभेन, एमजीएलजे, भीसिएस, फोर थ्राइभ्स, नेक्स्ट र पीएमपीओबाट आएका दोस्रो टोलीहरू रहनेछन्।
नेपालमा सम्पन्न साउथ एसिया फाइनलको उपाधि भने पाकिस्तानको फोर थ्राइभ्स (फोटी) ईस्पोर्ट्सले जितेको थियो। फोर थ्राइभ्सले २०९ अंक बटुल्दै शीर्ष स्थानमा रहँदै उपाधि प्राप्त गर्दा, टीटूके दोस्रो र होरा तेस्रो स्थानमा रह्यो। नेपालकै हिडन लिफ ईस्पोर्ट्स टिम चौथो स्थानमा रह्यो भने अर्को नेपाली टोली टीजीबी आठौं स्थानमा रह्यो।






