
दिल्लीमा पक्राउ परेका प्रदर्शनकारीहरूले बस फुटाएर बाहिर निस्किएको घटना घटेको छ। भारतको दिल्लीमा विरोध प्रदर्शनका क्रममा मतदाता नामावलिबाट लाखौँको नाम हटाइएको आरोप लगाउँदै प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै केही दिनदेखि विरोध प्रदर्शन भइरहेका छन्।
समाचार सङ्कलनका क्रममा महिला पत्रकारहरूसँग प्रहरीले यौन दुरुपयोग गरेको आरोपपछि विरोध प्रदर्शन थप तातो भएको छ।






