Skip to main content

रुसको प्लेग अनुसन्धान प्रयोगशालामा कार्यरत महिला अनुसन्धानकर्ताको मृत्युले निम्त्यायो विश्वभर चासो

रुसको साइबेरियामा रहेको प्लेग अनुसंधान प्रयोगशालाकी एक कर्मचारीको निधनले विश्वव्यापी चासो र चिन्ता बढाएको छ। विश्व स्वास्थ्य सङ्गठनले रुसलाई यस घटनासँग सम्बन्धित थप विवरण उपलब्ध गराउन आग्रह गरेको छ। रुसी सञ्चार माध्यमका अनुसार, दार्या शिपिलोभा नाम गरेकी २८ वर्षीया महिलाको अक्टोबर २ गते मृत्यु भएको थियो।

उनको निधनपछि साइबेरियाको इर्कुट्स्क क्षेत्रमा धेरै मानिसहरूलाई निगरानीमा राखिएको तथ्य सार्वजनिक भएको छ। प्रयोगशालाकी कर्मचारीको मृत्युको कारणबारे विभिन्न अड्कलबाजीहरू चलेका छन्। क्रेम्लिनका प्रवक्ता दिमित्री पेस्कोभले जनतालाई अफवाहमा नपर्न र सरकारको जनस्वास्थ्य नियामक निकायको आधिकारिक सूचनामा मात्रै विश्वास गर्न अनुरोध गरेका छन्। रुस सरकारले सो महिलाको मृत्युलाई “अज्ञात कारणको निमोनिया” भएको बताएको छ।