
भदौ महिनामा आएको विनाशकारी बाढीले प्रभावित क्षेत्रहरूमा नियमित स्वास्थ्य परीक्षण र खोप कार्यक्रमहरू अस्थायी रूपमा अवरुद्ध भएका छन्। बाढीले विस्थापित गरिएका मानिसहरूलाई अस्थायी शिविरहरूमा राखिएपछि सरुवा रोग फैलिने खतरा बढेको विज्ञहरूले बताएका छन्। तर सरकारले प्रभावित क्षेत्रहरूमा खोप कार्यक्रमहरूमा कुनै रोकावट नरहेको जानकारी दिएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार पनि प्रभावित क्षेत्रहरूमा सरुवा रोगको रोकथामका लागि विविध सावधानीहरू अपनाइएको छ। हामीले स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमसँग स्वास्थ्य मन्त्रालय र सम्बन्धित निकायहरूले गरेका उपायहरूबारे जानकारी लिन अन्तरवार्ता गरेका छौँ। प्रतिक्षा खनालले बीबीसी हातेमालोसँग गरेको यो अन्तरवार्ता हेर्नुहोस्।







