Skip to main content
Advertisementxtreme adv

इरानी विदेशमन्त्री अब्बास अराघचीले अमेरिकासँग वार्ता प्रक्रिया जारी रहेको पुष्टि गरे

इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकासँगको युद्ध अन्त्य गर्नका लागि ‘वार्ता प्रक्रिया जारी रहेको र मध्यस्थकर्तामार्फत सन्देश आदानप्रदान भइरहेको’ बताएका छन्। इरानको अर्धसरकारी समाचार संस्था तस्निम न्युज एजेन्सीका अनुसार अराघचीले यस्तो बताएका हुन्।

‘हामीले आफ्नो प्रस्ताव प्रस्तुत गरेका छौँ, जसलाई हामीले ‘सातदिने योजना’ भनेका छौँ,’ अराघचीले भने, ‘साथै, हामीले अमेरिकी पक्षको धारणा पनि सुनेका छौँ र’ उनले इरानले अमेरिकी धारणाको समीक्षा गरिरहेको बताएका छन्।

‘अहिले हामी अमेरिकी पक्षका धारणा समीक्षा गरिरहेका छौँ। आगामी केही दिनभित्रै हामी आफ्नो जवाफ दिनेछौँ भन्ने मेरो विश्वास छ,’ अराघचीले भनेका छन्।