Skip to main content
Advertisementxtreme adv

इरानमाथि आक्रमण नगर्ने ट्रम्पको अभिव्यक्तिपछि तेलको मूल्यमा गिरावट

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बरमा हुने मध्यावधि निर्वाचनअघि इरानमाथि आक्रमण नगर्ने स्पष्ट पार्दा अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटेको छ। समाचार संस्था रोयटर्सका अनुसार शुक्रबार दिउँसोसम्म कच्चा तेलको मूल्य प्रति ब्यारेल १.१० डलर अर्थात् १.१ प्रतिशतले कम भएर १०३.१८ डलरमा झरेको थियो।

त्यसैगरी, अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्यूटीआई) कच्चा तेलको मूल्य पनि प्रति ब्यारेल ४९ सेन्ट अर्थात् ०.५ प्रतिशतले घटेर ९१ डलरमा कायम भयो। बिहीबार तेलको मूल्यमा उल्लेखनीय वृद्धि भएको थियो भने ट्रम्पको अभिव्यक्तिपछि त्यसको भोलिपल्ट मूल्यमा गिरावट आएको हो।