Skip to main content

विल बोसिस्टोले काठमाडौं गोर्खाजबाट खेल्ने

समाचार सारांश

सम्पादकीय समीक्षा गरिएको छ।

  • अस्ट्रेलियाका ऑलराउंडर विल बोसिस्टोले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगमा काठमाडौं गोर्खाजबाट खेल्ने भएका छन्।
  • काठमाडौंले शुक्रबार सामाजिक सञ्जालमार्फत बोसिस्टोको अनुबन्ध गरेको जानकारी सार्वजनिक गरेको छ।
  • बोसिस्टोले सुरुवाती दुई संस्करणहरूमा कर्णाली याक्सबाट क्रिकेट खेलेका थिए।

२३ असोज, काठमाडौं। अस्ट्रेलियाका ऑलराउंडर विल बोसिस्टोले काठमाडौं गोर्खाजबाट तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा खेल्ने भएका छन्।

काठमाडौंले शुक्रबार सामाजिक सञ्जालमार्फत बोसिस्टोको अनुबन्ध गरिएको जानकारी सार्वजनिक गरेको हो। बोसिस्टोले सुरुवाती दुई संस्करणमा कर्णाली याक्सबाट क्रिकेट खेलेका थिए।

यसपटक अस्ट्रेलियन स्टार डेभिड वार्नरसँगै बोसिस्टो काठमाडौं टिममा अनुबन्ध भएका छन्। काठमाडौंले पहिल्यै श्रीलंकाका सहान अराचिगे र भारत/यूएईका केएस भरतलाई पनि अनुबन्ध गरिसकेको छ।

३३ वर्षीय बोसिस्टोले फर्स्ट क्लास, लिस्ट ‘ए’ र टी-२० प्रतियोगितामा व्यापक अनुभव प्राप्त गरेका छन्। उनले अस्ट्रेलिया यू-१९ टोलीको कप्तानी गर्दै सन् २०१२ को विश्वकप खेलेका थिए। फाइनलमा भारतसँग पराजित भए तापनि उनी त्यो विश्वकपका उत्कृष्ट खेलाडीमध्ये एक थिए।

फर्स्ट क्लास क्रिकेटमा उनले २८ खेलहरूमा ११०० भन्दा बढी रन बनाएका छन्। साथै अफ ब्रेक बलिङ गर्ने उनी १७ विकेट पनि लिएका छन्।

टी-२० क्रिकेटमा २१ खेलहरूमा उनले ४०० रन बनाउँदै ३ विकेट लिएका छन्।