नेपाल प्रहरीले यस वर्ष ‘लियो’ नामको कुकुरलाई ‘सर्वोत्कृष्ट प्रहरी कुकुर’ को उपाधि दिएको छ। यो कुकुर भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा हराइरहेका मानिसहरूको खोजी तथा उद्धार कार्यमा महत्त्वपूर्ण भूमिका खेलेको थियो। आज कुकुरतिहारको अवसरमा ‘लियो’लाई सम्मानित गरिएको छ।
नेपाल प्रहरीले हातहतियार, विस्फोटक पदार्थ र लागुऔषधिको पहिचानका लागि तालिमप्राप्त कुकुरको प्रयोग गर्दै आएको छ। हाल देशभरका १३ स्थानबाट १०७ वटा कुकुरलाई अपराध अनुसन्धानमा परिचालन गरिएको छ।