Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

जेन्सन वाङ: सन्दिग्ध चिनियाँ जासुससँग ‘सम्बन्ध’ रहेको विषयमा एन्भिडिआद्वारा सीईओमाथि छानबिन सुरु

Advertisement800×200-1

विशाल अमेरिकी प्रविधि कम्पनी एन्भिडिआले आफ्ना प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सन वाङको चिनियाँ जासुससँग ‘सम्बन्ध’ रहेको दाबीसहितका विवरणहरू सार्वजनिक भएपछि त्यसबारे स्वतन्त्र अनुसन्धान सुरु गरिएको जनाएको छ। यद्यपि उक्त कम्पनीले एन्भिडिआका गोपनीय कुरा वा राष्ट्रिय सुरक्षामा जोखिम पुगेको ठान्नुपर्ने कुनै कारण आफ्नो सञ्चालक समितिसँग नभएको जनाएको छ। वाङले नै सीईओको रूपमा कम्पनीको नेतृत्व गर्ने उसले जनाएको छ।

सीईओ वाङले आफू पत्नीसँग “इमान्दार नभएको” कुरा अलग्गै स्वीकार गर्दै उनी र छोराछोरीसँग माफी मागेका छन्। न्यूयोर्क टाइम्स पत्रिकाका अनुसार एलिस वाङ नाम गरेकी चिनियाँ व्यवसायीको एन्भिडिआका सीईओसँग निकट सम्बन्ध रहेको र उनी बेइजिङका लागि काम गर्ने जासुस भएको अमेरिकी गुप्तचर अधिकारीहरूको बुझाइ छ। एन्भिडिआले उदीयमान आर्टिफिशियल इन्टेलिजन्स (एआई) प्रविधिहरूका लागि हार्डवेअर निर्माण गर्दै आएको छ। चालीस खर्ब अमेरिकी डलरभन्दा बढी मूल्य पर्ने एन्भिडिआ विश्वकै सबैभन्दा मूल्यवान् कम्पनीहरूमध्ये एक हो।

वाङले आफूले गरेको कामको “पूर्ण जिम्मेवारी” लिने भन्दै एन्भिडिआका कर्मचारीहरू, सञ्चालक समिति र शेअरधनीहरूप्रतिको आफ्नो जिम्मेवारी पूरा गर्न असफल भएको स्वीकार गरेका छन्। उनले भने, “म आफ्नी पत्नीसँग इमान्दार भइनँ। मेरा कार्यले उनलाई र हाम्रा छोराछोरीलाई चोट पुर्‍याएको छ। मैले जे गरेँ त्यसको कुनै स्पष्टीकरण छैन। मलाई निकै पछुतो छ।”

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले छानबिनको खबर सार्वजनिक भएपछि एन्भिडिआका प्रमुखसँग आफ्नो कुराकानी नभएको बताएका छन्। उनले भने, “उनी राम्रो मानिस हुन् भन्ने मलाई थाहा छ, तर भित्र के भइरहेको छ भनेर कहिल्यै थाहा हुँदैन।” यद्यपि वाङले “हाम्रो देशका लागि अद्भुत काम” गरेको भन्दै ट्रम्पले उनको प्रशंसा गरे।


Advertisementadv-800×200.png

सम्बन्धित खबर