भारतको मध्य प्रदेशको कटनीमा दीपावलीको राति एक भवनमा आगलागी हुँदा एउटै परिवारका ६ जनाको मृत्यु भएको छ। कटनीका एसडीओपी वीरेन्द्र नारवेका अनुसार, भवनको भुइँतलामा प्लास्टिकसम्बन्धी उद्योग सञ्चालनमा थियो र माथिल्लो तलामा परिवार बस्दै आएको थियो।
प्रहरीले आगलागीको कारण खुल्न नसकेको र अनुसन्धानपछि मात्र वास्तविक कारण थाहा हुने जनाएको छ। प्रारम्भिक अनुमानअनुसार दियोबाट आगो सल्किएको वा विद्युत् सर्ट सर्किटका कारण आगलागी भएको हुन सक्ने आशंका गरिएको छ।
मृत्यु हुनेमा करिब ७० वर्ष उमेरका दुई ज्येष्ठ नागरिक, एक महिला र तीन बालबालिका रहेका छन्।