Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

सहारा गुमाएका ज्येष्ठ नागरिकहरू अस्थायी शिविरमा, हेरचाहको अवस्था

Advertisement800×200-1

विपद्‌मा सहारा गुमाएका ज्येष्ठ नागरिकहरू अस्थायी शिविरमा, हेरचाहको अवस्था ९ नोभेम्बर २०२६, १६:२८ भदौ महिनामा भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले हजारौँ मानिसलाई प्रभावित बनाएको छ। तीमध्ये ज्येष्ठ नागरिकहरू पनि छन्। बुढ्यौलीमा कसैले सहारा गुमाए भने कसैले श्रीसम्पत्ति। उनीहरूलाई अब कसले हेरिदेला भन्ने चिन्ताले सताएको छ।

बाढीले घरपरिवार र आफन्तजनलाई बगाएपछि सरकारले बनाएको अस्थायी शिविरमा बसोबास गरिरहेका तीनजना ज्येष्ठ नागरिकसँग हामीले उनीहरूको आवश्यकता र समस्याबारे कुराकानी गरेका छौँ। त्यसपछि त्यस्ता ज्येष्ठ नागरिकहरूको हेरचाह कसरी भइरहेको छ भन्ने जान्न ‘बीबीसी हातेमालो’का लागि मनिका विश्वकर्माले बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत रहेको ज्येष्ठ नागरिक संरक्षण शाखाकी प्रमुख एवं महिला विकास अधिकृत निर्मला कार्कीसँग कुराकानी गरेकी छन्।


Advertisementadv-800×200.png

सम्बन्धित खबर