Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

‘नो शेभ नोभेम्बर’: क्यान्सरविरूद्ध सचेतना अभियान र नेपालमा भइरहेको गतिविधिहरू

Advertisement800×200-1

फेशन कोच तथा कोरियोग्राफर प्रशान्त ताम्राकार दाह्रीलाई आफ्नो शक्ति ठान्छन्। अढाई दशकदेखि नेपालको फेशन उद्योगमा सक्रिय उनी चलचित्र उद्योगका पनि परिचित नाम हुन्। दाह्री कपाल पालेका उनका प्रति प्रेम धेरैले प्रत्येक वर्षको यो समयमा सम्झने गर्छन्। नोभेम्बर २८ मा आफ्नो जन्मदिन मनाउने उनले त्यही समय पारेर विगतका पाँच वर्षदेखि ‘नो शेभ नोभेम्बर’ फेशन रनवे इभेन्ट आयोजना गर्दै आएका छन्। उनले भने, “दाह्री मलाई मन परेर पालेको हुँ। यो मेरो फेशनको बलियो पक्ष पनि बन्यो। बाटो हिँड्दा दाह्री पालिरहेका कति धेरै मान्छे देख्छु, एउटा एउटा दाह्रीको रौँले पनि क्यान्सर विरुद्धको सचेतनामा बल मिलोस् भन्ने गरिन्छ।”

उनले थपे, “हामीले दाह्री पाल्दै गर्दा एउटा राम्रो उद्देश्यका लागि परोपकारी काम गरौँ। हामीले दाह्री पाल्दै गर्दा प्रत्येक क्यान्सरबाट बाँचेका व्यक्तिहरूलाई त्यसले शक्ति प्रदान गरोस् र उहाँहरूलाई केही सहयोग गर्न सकियोस् भनेर हामीले हाम्रो काममार्फत् नेपालमा पनि ‘ट्रेन्ड सेट’ गरिरहेका छौँ।” यो वर्ष पनि उनी र उनी आबद्ध संस्थाले क्यान्सर विरुद्धको सचेतनाका लागि फेशन रनवे इभेन्ट गर्दै छन् जसमा महिला डिजाइनर र फेशन आर्टिस्टहरूले स्तन क्यान्सरबारे जनचेतना जगाउने उद्देश्यसहित गुलाबी रङ्गमा सजिएर प्रस्तुति दिने योजना छ।

‘नो शेभ नोभेम्बर’ मात्र होइन, दाह्री र जुँगाका सोखिनहरूले पछिल्ला केही वर्षहरूमा नेपालमा ‘मोभेम्बर’ अभियानको पनि चर्चा गरेका छन्। दाह्री जुँगा प्रेमीहरूको फेसबुक समूहमा पनि चर्चा फोटोग्राफी र इतिहासमा रुचि राख्ने जगदीश भण्डारी नोभेम्बर महिनामा खासै दाह्री जुँगा काट्दैनन्। उनी दाह्री प्रेमीहरूको फेसबुक समूह ‘दारी ग्याङ’ का एक जना सञ्चालक हुन् जसमा ६ हजार भन्दा बढी प्रयोगकर्ता जोडिएका छन्। उक्त फेसबुक पेजमा हालै ‘नो शेभ नोभेम्बर’ र ‘मोभेम्बर’ अभियानको चर्चा गरिएको थियो जसलाई पछिल्ला केही दशकमा क्यान्सर विरुद्धका सचेतना र सहयोग सङ्कलनका लागि अघि बढाएको एउटा परोपकारी प्रयासका रूपमा लिने गरिएको छ।

नेपालमा क्यान्सरको जोखिम कति छ? विश्वभर बर्सेनि करिब १ करोड मानिसहरूको मृत्यु क्यान्सरका कारण हुने गरेको विश्व स्वास्थ्य सङ्गठनको एउटा आँकडाले देखाउँछ। नेपालमा विभिन्न तथ्याङ्कहरूले क्यान्सरका कारण हुने मृत्युदर १० देखि ११ प्रतिशत रहेको देखाउने गरेको पाइन्छ। डब्ल्यूएचओको एउटा पछिल्लो तथ्याङ्कले सन् २०२४ मा नेपालमा २४ हजार ५ सय जति नयाँ क्यान्सर सङ्क्रमण देखिएका उल्लेख गर्दै १७ हजार बढीको ज्यान गएको उल्लेख गरेको थियो। भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक उज्ज्वल चालिसे नो शेभ नोभेम्बर जस्ता क्यान्सर विरुद्धको सचेतना अभियान नेपालको सन्दर्भमा अझ महत्त्वपूर्ण रहेको ठान्छन्। उनले भने, “यस्तो अभियानहरू एकदमै आवश्यक छ। क्यान्सरको बारेमा जति जनचेतना भयो, त्यसले त्यत्ति नै नियन्त्रणमा पनि सहयोग गर्छ र प्रारम्भिक अवस्थामा नै पहिचानका लागि सहयोग गर्छ।”


Advertisementadv-800×200.png

सम्बन्धित खबर