Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

‘जलवायु सङ्कटले विश्वको तयारी र प्रतिकार्य क्षमतालाई उछिन्दै’

Advertisement800×200-1

२६ कात्तिक, अन्ताल्या। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले जलवायु सङ्कट विश्वको तयारी र प्रतिकार्य क्षमताभन्दा तीव्र गतिमा बढिरहेको उल्लेख गर्दै हरितगृह ग्यास उत्सर्जन कटौती र जलवायु कार्यलाई तीव्रता दिन विश्व नेताहरूलाई आग्रह गरेका छन्। टर्कीको अन्ताल्यामा बुधबार आयोजित कोप–३१ नेताहरूको शिखर सम्मेलनलाई सम्बोधन गर्दै उनले सन् २०२५ मा विश्वव्यापी हरितगृह ग्यास उत्सर्जन अहिलेसम्मकै उच्च विन्दुमा पुगेको र पछिल्ला चार वर्ष विश्वकै सबैभन्दा ताता वर्ष बनेको बताए। जीवाश्म इन्धनको व्यापारबाट केही स्वार्थ समूहले ठूलो नाफा कमाइरहेको तर त्यसको मूल्य विश्वले जलवायु सङ्कट र वातावरणीय विनाशका रूपमा चुकाउनुपरेको उनको भनाइ थियो।

जलवायुसम्बन्धी विपद्ले विश्वभर मानिसको जीवन, जीविकोपार्जन र अर्थतन्त्रमा गम्भीर असर पारिरहेको उल्लेख गर्दै उनले वर्तमान अवस्थालाई सामूहिक विनाशतर्फको यात्राको संज्ञा दिए। सन् २०१५ मा पेरिसमा भएको जलवायु सम्झौतामार्फत विश्वले पृथ्वीको तापक्रम वृद्धि १.५ डिग्री सेल्सियसमा सीमित राख्ने प्रतिबद्धता जनाएको स्मरण गराउँदै महासचिव गुटेरेसले उक्त सीमा अस्थायी रूपमा नाघ्ने अवस्था अपरिहार्य देखिएको बताए। यद्यपि, त्यसलाई स्थायी अवस्था बन्न नदिन तथा तापक्रम कति बढ्ने र कति समयसम्म उच्च रहने भन्ने निर्धारण गर्न अझै अवसर रहेको उनले स्पष्ट पारे।

‘विज्ञानले हामीलाई आत्मसमर्पण गर्न भनेको छैन, अझ कडा सङ्घर्ष गर्न भनिरहेको छ’, उनले भने, ‘हामीलाई सत्य थाहा छ, अब त्यसअनुसार काम गर्नुपर्छ।’ महासचिव गुटेरेसले विगत एक दशकको जलवायु कार्यबाट तीनवटा प्रमुख पाठ सिकिएको उल्लेख गर्दै स्वच्छ ऊर्जाको विस्तार तीव्र गतिमा सम्भव भएको, जीवाश्म इन्धनको औचित्य कमजोर हुँदै गएको र विश्वव्यापी जलवायु कार्य भने अझै सुस्त रहेको बताए। उनका अनुसार एक दशकअघि विश्वको कुल विद्युत् उत्पादनमा सौर्य ऊर्जाको योगदान एक प्रतिशत मात्र रहेकामा गत वर्ष विश्वव्यापी विद्युत् मागमा भएको वृद्धिको झण्डै तीन चौथाइ हिस्सा सौर्य ऊर्जाले पूरा गरेको थियो।


Advertisementadv-800×200.png

सम्बन्धित खबर