भारतको हिमाचल प्रदेशस्थित मण्डीमा प्याराग्लाइडिङ गर्दा हाइ-भोल्टेज पावरलाइनमा एक रुसी पर्यटक अड्किएका थिए। अधिकारीहरूले बताएका अनुसार, मङ्गलवार मण्डीको वीर बिलिङबाट उडेका ती प्याराग्लाइडर जमिनभन्दा ७६ मिटरमाथि तारमा झन्डै तीन घण्टा अलपत्र परेका थिए।
उद्धारकर्ताहरूले उनलाई सुरक्षित रूपमा तल ओराल्न हाइड्रोलिक क्रेन र अस्थायी ट्रलीको प्रयोग गरेका थिए। उद्धारपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो।