Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

इरानको होर्मुज जलघाँटीको व्यवस्थापनमा पुरानो अवस्थामा नफर्कने अडान

Advertisement800×200-1

इरानले अमेरिका र इजरायलसँगको युद्धपछि होर्मुज जलघाँटीको व्यवस्थापन युद्धअघिको अवस्थामा नफर्कने बताएको छ। इरानी संसदका अध्यक्ष मोहम्मद बाघेर गालिबफले उक्त जलमार्गको निगरानी र व्यवस्थापनबारे इरान र ओमानबीच समझदारी भएको जानकारी दिएका छन्। उनले अल जजिरासँगको अन्तर्वार्तामा युद्ध अन्त्यका लागि अमेरिकासमक्ष सातबुँदे प्रस्ताव पठाइएको र कतारमार्फत जवाफको प्रतीक्षा भइरहेको उल्लेख गरे।

गालिबफका अनुसार, प्रस्तावमा अमेरिकी नौसैनिक नाकाबन्दी र प्रतिबन्ध हटाउने, रोक्का रकम फुकुवा गर्ने, सबै मोर्चामा शत्रुता अन्त्य गर्ने र युद्ध समाप्त भएको औपचारिक घोषणा गर्नुपर्ने सर्त छन्। उनले होर्मुज जलघाँटीको व्यवस्थापन तटीय मुलुकहरूको अधिकार क्षेत्रभित्र पर्ने दाबी गर्दै त्यसको नियम इरान र ओमानले निर्धारण गर्नुपर्ने बताए।

गालिबफले भने, “अमेरिकाले सहमति पालना गरे इरान सम्झौताका लागि तयार रहेको छ।” तर, उनले दुई देशबीच विश्वासको अभाव वार्ताको प्रमुख बाधक रहेको उल्लेख गरे। उनले रुसको सम्भावित मध्यस्थताबारे पनि चर्चा गर्दै अमेरिकी अधिकारीहरूले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई इरानसँग प्रत्यक्ष वार्ता गर्न आग्रह गरेको दाबी गरे। उनले चेतावनी दिए कि अमेरिकाले पुनः आक्रमण गरे राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को पराजय बेहोर्नुपर्नेछ। गालिबफले युद्धपछिको कुनै पनि सम्झौतामा होर्मुज जलघाँटीको नयाँ व्यवस्थापन प्रमुख विषय हुने सङ्केत गरेका छन्।


Advertisementadv-800×200.png

सम्बन्धित खबर