Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

अस्ट्रेलियामा हराएका किशोरको ६ दिन झाडीमा बिताएपछि परिवारसँग पुनर्मिलन

Advertisement800×200-1

अस्ट्रेलियाको भिक्टोरियामा विगत छ दिनदेखि हराइरहेका एक किशोर भेटिएका छन्। एक साथीसँग ‘क्याम्पिङ’ गएका उनी गत नोभेम्बर ६ देखि सम्पर्कविहीन थिए। उनी हराएको झाडीमा एकदमै चिसो थियो।

उनको खोजीका लागि गोताखोर, प्रहरीका कुकुर तथा हेलिकप्टर समेत परिचालित थिए। मेल्बर्नबाट झन्डै १८० किलोमिटर टाढाको ठाउँमा हराएर भेटिएका किशोरको पूरा नाम प्रहरीले हालसम्म सार्वजनिक गरेको छैन। उनलाई कुनै चोटपटक नलागेको तर अब उनलाई “आजीवन कतै जान नदिइने” परिवारले बताएको छ.


Advertisementadv-800×200.png

सम्बन्धित खबर