Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

जेन्सन वाङ: दोस्रो प्रेम सम्बन्धको आरोपपछि एन्भिडिआका प्रमुख कार्यकारी अधिकृतले दिए पदबाट राजीनामा

Advertisement800×200-1

चीनका लागि जासुसी गरेको आरोप लागेकी एक जना महिलासँगको प्रेम सम्बन्धका कारण विवादमा तानिएका प्रविधि कम्पनी एन्भिडिआका प्रमुख कार्यकारी अधिकृत जेन्सन वाङले पदबाट राजीनामा दिएका छन्। एआई चिप बनाउने विश्वकै ठूलो कम्पनीका सबैभन्दा ठूला लगानीकर्ता समेत रहेका वाङ कम्पनीको सञ्चालक समितिबाट पनि बाहिरिने भएका छन्। वाङको स्थानमा प्रमुख वित्त अधिकृत कोलेट क्रेसलाई अन्तरिम प्रमुख तोकिएको छ।

वाङको राजीनामापछि खुलेको अमेरिकी धितोपत्र बजारमा एन्भिडिआको शेअर मूल्य १३ प्रतिशतले घटेको छ। आफ्ना प्रमुख कार्यकारी अधिकृतलाई पदबाट हटाउने वा नहटाउने विषयमा कम्पनीको सञ्चालक समितिले छलफल गरिरहेको समयमा वाङले राजीनामा दिएका हुन्। उनको विवाहेतर दोस्रो सम्बन्धको समाचार बाहिरिएपछि उनी थप दबावमा थिए।

आफ्नै कम्पनीमा कार्यरत एक जना कार्यकारीसँग पनि वाङको प्रेम सम्बन्ध रहेको समाचार ‘न्यू योर्क टाइम्स’ले प्रकाशित गरेको थियो। उक्त समाचारसँगै एन्भिडिआको शेअर मूल्य ७.५ प्रतिशतले घटेको थियो। वाङले एक महिलासँग सम्बन्ध रहेको स्वीकार गरेका थिए। अर्को कम्पनीसँग सम्बन्धित एलिस वाङ नाम गरेकी ती महिलाले बेइजिङका लागि जासुसी गर्ने गरेको आरोप लागेको थियो।

वाङले सम्बन्ध स्वीकार गरेकी महिलाबारे एन्भिडिआ र अमेरिकी सङ्घीय अनुसन्धान ब्यूरो एफबीआईले छुट्टाछुटै अनुसन्धान गरिरहेका छन्। बेइजिङले जासुसीसम्बन्धी आरोपलाई चीनमा हुने प्रविधि बिक्रीमा पुनः प्रतिबन्ध लगाउने बहानाका रूपमा प्रयोग नगर्न अमेरिकालाई चेतावनी दिएको छ। एन्भिडिआलाई एआईको तीव्र विस्तारमा सबैभन्दा महत्त्वपूर्ण कम्पनीमध्ये एक मानिन्छ।


Advertisementadv-800×200.png

सम्बन्धित खबर