फ्रान्सको भ्रमणमा रहेका स्लोभाक राष्ट्रपति पेटेर पेलेग्रिनीलाई प्यारिसस्थित राष्ट्रपति कार्यालयमा स्वागत गर्न खटिएका सम्मान गार्ड टोलीका दुई सदस्यहरू बेहोस भएर ढलेका छन्। टेलिभिजनमा प्रसारित एउटा दृश्यमा एक गार्ड ढलेपछि फ्रान्सेली राष्ट्रपति इमानुएल माक्रोँ र राष्ट्रपतिको कार्यालयका कर्मचारीहरूले उनलाई सहायता गर्न गएको देखिन्छ। स्थानीय सञ्चारमाध्यमका अनुसार अर्का गार्ड पनि लगभग त्यही बेला बेहोस भएका थिए, तर त्यो दृश्य क्यामरामा परेको थिएन।
राष्ट्रपतिको कार्यालयस्थित स्रोतलाई उद्धृत गर्दै एएफपीका एक संवाददाताले दुवै गार्डहरूको “तत्काल उपचार गरिएको” र “सबै कुरा ठिक रहेको” जनाएका छन्।