हीथ्रोमा अवतरण गर्दै गर्दा एक यात्रुवाहक विमानको पुच्छरले धावनमार्गमा ठोक्किएको जस्तो देखिएको छ। उक्त विमान एम्स्टर्ड्यामबाट आएको थियो। घटनापछि, ब्रिटिश एअरवेजको उडान बीए431 लाई पाइलटहरूले फेरि उडाउँदै दोस्रो प्रयासमा सफलतापूर्वक अवतरण गराएका छन्।
धावनमार्गमा पुग्न लागेको वा पुगिसकेको विमानलाई अवतरण नगरी फेरि आकाशमा उडाउनुलाई उड्डयन क्षेत्रमा ‘गो-अराउन्ड’ भनिन्छ। ब्रिटिश एअरवेजले नोभेम्बर १२ को उक्त घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिँदै थप टिप्पणी गर्न नमिल्ने बताएको छ।