Skip to main content

नेपालको निर्वाचन इतिहास : प्रभावशाली नेता नै पराजित भएका चुनाव


बायाँबाट क्रमस पुष्पलाल श्रेष्ठ, मातृका कोइराला कृष्णप्रसाद भट्टराई, के आई सिंह सूर्यबहादुर थापा र माधव नेपालका तस्बिर

तस्बिर स्रोत, Getty/NC/UML/OPMCM

भावी प्रधानमन्त्रीका आकाङ्क्षीमध्येका दुई जना, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र काठमाण्डू महानगरपालिकाका पूर्वमेअर बालेन्द्र शाह ‘बालेन’ एउटै निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धामा छन्।

आगामी फागुन २१ गते हुने निर्वाचनको मतपरिणाम आउँदा झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट ओली र बालेनमध्ये कम्तीमा एक जना पराजित हुने निश्चित छ। चार पटक प्रधानमन्त्री बनिसकेका ओली नेकपा एमालेका अध्यक्ष हुन् भने बालेन राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता हुन्।

नेपालका इतिहासमा राजनीतिक दल वा सरकारको उच्च पदमा रहेका व्यक्ति पराजित भएका कैयौँ चुनाव छन्। बहालवाला प्रधानमन्त्रीदेखि पार्टी प्रमुखसम्म पराजित भएका विगतका चुनावहरूको हामीले यहाँ चर्चा गरेका छौँ।

गणेशमानसँग पुष्पलाल हारेको चुनाव

पुष्पलाल श्रेष्ठ

तस्बिर स्रोत, CPNUML

नेपालको इतिहासमा भएको पहिलो संसदीय निर्वाचनमा कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ र प्रजातान्त्रिक योद्धाका रूपमा चिनिएका गणेशमान सिंह एउटै निर्वाचन क्षेत्रबाट उम्मेदवार बने।

विसं २०१५ सालको आमनिर्वाचनमा तत्कालीन काठमाण्डू क्षेत्र नम्बर १ मा प्रतिस्पर्धा गरेका दुई नेतामध्ये कम्युनिस्ट पार्टीका संस्थापक श्रेष्ठ सिंहसँग पराजित भए।





Source link

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ