Skip to main content

भक्तपुर प्रहरीले ‘स्वीप अप्रेशन’ सञ्चालन गर्दै ६० जनालाई पक्राउ गर्यो

२२ चैत, काठमाडौं । भक्तपुर प्रहरीले ‘स्वीप अप्रेशन’ सञ्चालन गर्दै ६० जनालाई पक्राउ गरेको जनाएको छ। चैत २१ गते जिल्ला प्रहरी परिसर र मातहतका वृत्तबाट ६० जनालाई पक्राउ गरिएको हो। मोटरसाइकल लगायतका चोरीमा संलग्न र शंकास्पद व्यक्तिहरूलाई निगरानीमा राख्दै आएको छ। सोही क्रममा एकैदिन ६० जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी एवम् डीएसपी प्रकाश जबेगुले जानकारी दिए। भक्तपुर प्रहरीले यस अभियानलाई ‘स्वीप अप्रेशन’ नाम दिएको छ। यो अपरेसन आगामी दिनमा पनि निरन्तर जारी रहने डिएसपी जबेगुले जानकारी दिए। यसबीच, भक्तपुर प्रहरीले मादक पदार्थ सेवन गरी यात्रुवाहक बस चलाउने एक चालकलाई पनि पक्राउ गरेको छ। चैत २१ गते राधेराधेमा चेकिङको क्रममा ती चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।