
२२ चैत, काठमाडौं । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ मा आगलागी भएको छ। आइतबार साँझ गाउँपालिका–६ स्थित सुङ्गुरे भन्ने स्थानमा आगलागी भएको हो। वडाध्यक्ष रविन श्रेष्ठका अनुसार, आगलागी फैलँदै गएको छ। ‘आगलागी फैलँदै गएको छ। हावाहुरी नचलेको खण्डमा केही नहोला, तर चल्यो भने गाउँमा पनि पुग्न सक्ने अवस्था छ,’ श्रेष्ठले भने।






