Skip to main content

अधिक आठ जना जेनजी शहीद परिवारका सदस्यलाई रोजगारी दिने निर्णय

नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले थप आठ जना जेनजी शहीद परिवारका सदस्यलाई रोजगारी दिने निर्णय गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले छुटेका शहीद परिवारका सदस्यलाई रोजगारी दिने निर्णय गरेको हो। प्राधिकरणले यसअघि २७ जना शहीद परिवारलाई रोजगारी दिने प्रक्रिया अगाडि बढाइसकेको थियो। २५ चैत, काठमाडौं।

बुधबारको बैठकमा काठमाडौं वनस्थलीका रोजित श्रेष्ठ, उदयपुरका अम्बिका विश्वकर्मा, सिन्धुपाल्चोककी सुमित्रा महत र शितल पौडेल, संखुवासभाका मौसम कुलुङ, सर्लाहीकी पार्वती अधिकारी, बाजाङकी हेमन्ती विष्ट र लमजुङकी मञ्जु पौडेललाई रोजगारी दिने निर्णय भएको बताइएको छ। साथै, प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नो कार्यसम्पादन मूल्यांकनबारे सञ्चालक समितिलाई जानकारी दिएका थिए।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ