Skip to main content

अमेरिकी उपराष्ट्रपति जेडी भान्स पाकिस्तानमा शान्ति वार्तामा सहभागी

२८ चैत, काठमाडौं । अमेरिका र इराणबीच शान्ति वार्ता गर्न सहमति भएपछि पश्चिम एसियामा जारी द्वन्द्व अस्थायी रुपमा रोकिन पुगेको छ। पाकिस्तानको मध्यस्थतामा तयार भएको सम्झौतापछि आज दुबै देशका वार्ताकारहरुले पाकिस्तानको राजधानी इस्लामाबादमा शान्ति वार्तामा भाग लिएका छन्। अमेरिकी उपराष्ट्रपति जेडी भान्स नेतृत्वमा प्रतिनिधिमण्डल यसैदिन इस्लामाबाद पुग्यो। वार्ता टोलीको नेतृत्व उपराष्ट्रपति भान्सले गर्नेछन्। राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ताको जिम्मेवारी उनलाई सुम्पी पठाएका हुन्।

उहाँको विमान ‘एयर फोर्स टु’ केही घण्टाअघि इस्लामाबाद विमानस्थलमा अवतरण गरिसकेको छ। उपराष्ट्रपति भान्सलाई सहयोग गर्न ट्रम्पका विशेष दूत स्टीभ विटकफ र उनका ज्वाइँ जेरेड कुष्नर पनि साथमा रहेका छन्। अमेरिकी टोलीलाई विमानस्थलमा पाकिस्तानी उपप्रधानमन्त्री तथा विदेशमन्त्री मोहम्मद इशहाक डार र पाकिस्तानी सेनाका प्रमुख फिल्ड मार्शल आसिम मुनीरले स्वागत गरेका छन्। इराणी पक्षको वार्ताको नेतृत्व संसद्को अध्यक्ष मोहम्मद बगर गालिबाफले गर्नेछन्, जो यसै गरी पाकिस्तान पुगेका छन्। जेडी भान्सको इस्लामाबाद आगमनको तस्बिरहरू यस प्रकार छन्: एएफपी