मध्य पुर्वी एसियका विभिन्न देशमा बसोबास गर्नुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दि…
मध्य पुर्वी एसियका विभिन्न देशमा बसोबास गर्नुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा विशेष अनुरोध!
त्यहा स्थित राजदूतावासले हालको असामान्य परिस्थितिलाई मध्यनजर गर्दै सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। कृपया सकेसम्म घरभित्रै सुरक्षित रहनुहुन, स्थानीय सुरक्षा निकायका निर्देशनहरू पूर्ण रूपमा पालना गर्नुहुन, अत्यावश्यक अवस्थामा बाहेक यात्रा नगर्नुहुन र नजिकैको सुरक्षित आश्रयस्थलको जानकारी राख्नुहुन अनुरोध गर्दछु।
साथै, आधिकारिक सूचना, समाचार र राजदूतावाससँग नियमित सम्पर्कमा रहनुहुन समेत अनुरोध छ।
सुरक्षित रहनुहोस्, सजग रहनुहोस्। 🇳🇵