Skip to main content
प्रधानसेनापतिले गरे पूर्व प्रधानसेनापतिहरूसँग छलफल

प्रधानसेनापतिले पूर्व प्रधानसेनापतिहरूसँग महत्वपूर्ण छलफल गरे


४ चैत, काठमाडौं। प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिहरूको समीक्षा गर्दै पूर्व प्रधानसेनापतिहरूसँग महत्वपूर्ण छलफल गरेका छन्। सैनिक मुख्यालय जंगीअड्डामा प्रधानसेनापति सिग्देलले पूर्व प्रधानसेनापतिहरू प्यारजंग थापा, गौरवशमशेर राणा, राजेन्द्र क्षत्री, पूर्णचन्द्र थापा र प्रभुराम शर्मासँग वार्ता गरेका हुन्।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, उक्त भेटघाटमा समसामयिक परिस्थिति र त्यसका सम्बन्धमा विस्तृत छलफल भएको छ। –रासस

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ