Skip to main content
आगामी ५ वर्षमा गरिबी १० प्रतिशतमा झार्ने लक्ष्य – Online Khabar

सरकार का लक्ष्य: अगले पांच वर्षों में गरीबी दर 10 प्रतिशत तक घटाना

1 वैशाख, काठमाडौँ। सरकारले आगामी पाँच वर्षभित्र गरीबी दर १० प्रतिशतसम्म झार्ने प्रतिबद्धता सार्वजनिक गरेको छ। छ वटा राजनीतिक दलहरूको घोषणापत्रमा आधारित राष्ट्रिय प्रतिबद्धतामा सरकारले गरीबी दर आगामी पाँच वर्षभित्र आधा घटाउने लक्ष्य राखेको हो। हाल गरीबी दर २०.२७ प्रतिशत छ। तर आगामी पाँच वर्षभित्र यसलाई आधा घटाउने प्रतिबद्धता सरकारले सार्वजनिक गरेको छ।

‘निजी, सहकारी र सार्वजनिक क्षेत्रबीच सन्तुलित र पूरक विकासको मोडलमार्फत आर्थिक तथा सामाजिक असमानता कम गरी पाँच वर्षभित्र बहुआयामिक गरीबी दर १० प्रतिशतमा झारिनेछ,’ प्रतिबद्धतामा उल्लेख गरिएको छ। सरकारले आगामी पाँच वर्षमा औसत आर्थिक वृद्धिदर सात प्रतिशतसम्म पुर्‍याएर प्रतिव्यक्ति आय तीन हजार डलर र कुल गार्हस्थ्य उत्पादन १०० अर्ब डलरको नजिक पुर्‍याउने लक्ष्य राखेको प्रतिबद्धतामा उल्लेख छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ