Skip to main content

नेपाल निर्वाचन २०८२: रवि लामिछाने विजयी, बालेन अगाडि, केपी ओली र गगन पछाडि


जनार्दन शर्मा

रुकुम पश्चिममा माओवादी सशस्त्र द्वन्द्वको समयका ‘गुरु र चेला’ बीचको चुनावी प्रतिस्पर्धामा हालसम्मको मतपरिणाममा गुरुभन्दा चेला अघि देखिएका छन्।

एउटै मोर्चामा रहेर सशस्त्र द्वन्द्वमा सहभागी भएका नेता जनार्दन शर्मा र गोपाल शर्माबीच यहाँ रोचक प्रतिस्पर्धा छ।

सुरुदेखि नै अग्रता हासिल गर्दै आइरहेका जनार्दन शर्मालाई गोपाल शर्माले पछिल्ला मतपरिणाममा पछाडि पारेका छन्।

पछिल्लो मत गणनाको परिणाममा नेपाली कम्युनिस्ट पार्टीका गोपाल शर्माले ९,०६५ र प्रगतिशील लोकतान्त्रिक पार्टीबाट चुनाव लडेका जनार्दनले ६,७५३ मत पाएका छन् ।

शर्मा केही समयअघि मात्रै पुरानो पार्टी नेकपा माओवादी केन्द्रबाट अलग भएर प्रलोपा गएका थिए।

यस्तै कांग्रेसका राजु केसीले ६,०७५ र रास्वपाका मानबहादुर शाहीले १,४९२ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

एउटै पार्टीमा हुँदा योजना बनाउने जनार्दन र जिल्लामा कार्यान्वयन गर्ने गोपालबीचको चुनावी प्रतिस्पर्धामा कसले बाजी मार्ला भनेर धेरैलाई कौतुहलता बढाएको छ।

नयाँ दल खोलेर चुनावमा होमिएका जनार्दनलाई आफ्नो उम्मेदवारी फिर्ता गरेर नेकपा एमालेले समेत समर्थन गरे पनि कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवारसँग उनको कडा प्रतिस्पर्धा भइरहेको छ।

विसं २०६४ सालबाट लगातार चुनाव जित्दै आएका जनार्दन पटक पटक मन्त्री भएका व्यक्ति हुन् भने गोपालले २०७४ मा प्रदेश सभा सदस्य जितेर एक पटक प्रदेश मन्त्री भएका छन्।



Source link

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ