Skip to main content

ठमेलबाट २८ थान नक्कली नोटसहित २ जना पक्राउ

काठमाडौंको ठमेलबाट २८ थान नक्कली ५ सय दरका नोटसहित राम कुमार पाख्रिन र शिव घिसिङलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकाबाट नक्कली नोट छाप्न प्रयोग भएको मेसिन समेत बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले बताए।

पक्राउ पर्नेमा रौतहटको फूलबारी घर भएका ३२ वर्षीय राम कुमार पाख्रिन र सिन्धुलीको घ्याङलेख गाउँपालिका–५ का २४ वर्षीय शिव घिसिङ रहेका छन्। उनीहरुलाई प्रहरी वृत्त सोह्रखुट्टेबाट खटिएको टोलीले पक्राउ गरेको हो।

उनीहरुको साथबाट ५ सय दरका २८ थान नक्कली नोट तथा नोट छाप्न प्रयोग भएको मेसिन पनि बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले जानकारी दिनुभयो।

पक्राउ परेकाहरुको अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतले ५ दिनको म्याद दिँदै जाँच कार्य अगाडि बढाइएको छ।