Skip to main content

१० देशका ९२ सुरक्षाकर्मीहरूलाई शिवपुरीमा कमाण्ड तथा स्टाफ तालिम सुरु

शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा १० देशका ९२ सुरक्षा अधिकृतहरूलाई कमाण्ड तथा स्टाफ तालिम सुरु गरिएको छ। नेपाली सेनाका बलाधिकृत रथी प्रदीप केसीले तालिमको शुभारम्भ गर्दै अनुभव आदान–प्रदान र व्यवहारिक योजना तयार पार्न सक्षम हुने बताए।

तालिममा नेपाली सेनाका ४ महिलासहित ७९ अधिकृत, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका १/१ जना गरी ३ जना, चीनका २ जना र अमेरिका, बेलायत, बंगलादेश, भारत, केन्या, माल्दिभ्स, नाइजेरिया र पाकिस्तानका १/१ जना गरी कुल ९२ जना सहभागी छन्। १४ पुस २०४९ मा सैनिक कमाण्ड तथा स्टाफ कलेज स्थापना गरिएको हो।

यस कलेजबाट हालसम्म १ हजार ३०८ नेपाली सेना, १७ नेपाल प्रहरी, २९ सशस्त्र प्रहरी, २० राष्ट्रिय अनुसन्धान विभाग, १ रक्षा मन्त्रालयका र विभिन्न १३२ अन्य राष्ट्रका गरी कुल १ हजार ५०७ जना शिक्षार्थी अधिकृतहरू तालिम प्राप्त गरिसकेका छन्।