
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी ऐन र अपाङ्गता अधिकारसम्बन्धी ऐनको संशोधन मस्यौदामा सुझाव संकलन थालेको छ। मन्त्रालयले संशोधन विधेयकलाई अझ प्रभावकारी बनाउन विभिन्न प्रावधान समावेश गरिएको उल्लेख गर्दै, सार्वजनिक मस्यौदामा यो साताभित्र सरोकारवालाहरू र जनसाधारणबाट राय सुझावहरू मागेको छ। ६ वैशाख, काठमाडौं।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले दुईवटा ऐन संशोधन मस्यौदामा सुझाव आह्वान गरेको छ। मन्त्रालयले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ र अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ को संशोधनको विधेयक तयार गरी सुझाव सङ्कलन प्रक्रिया सुरु गरेको छ। कानुनलाई अझ प्रभावकारी बनाउन विधेयकमा विभिन्न प्रावधानहरू समावेश गरिएको र सरोकारवालाहरूबाट प्रतिक्रिया सङ्कलन गरिने भएकोले, इच्छुक सबैलाई आफ्ना सुझाव दिन मन्त्रालयले आग्रह गरेको छ।






