Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

माइक्रोसफ्टका सेवाहरू विश्वभर अवरुद्ध, इमेल र एआई सेवामा समस्या

Advertisement800×200-1

विश्वकै ठूलो प्रविधि कम्पनी माइक्रोसफ्टका केही सेवाहरू विश्वभर अवरुद्ध भएका छन्। माइक्रोसफ्टले आफ्नो सेवामा देखिएको अवरोध साइबर सुरक्षासँग सम्बन्धित नरहेको जनाएको छ। यद्यपि सेवा पुनः सुरु गर्ने हालसम्मका प्रयास विफल भएका छन्। माइक्रोसफ्टका इमेल र कृत्रिम बुद्धिमता ‘एआई’ सम्बन्धी सेवाहरू पूर्ण रूपमा निष्क्रिय भएका छन्।

‘कनेक्टिभिटी’सम्बन्धी समस्याका कारण माइक्रोसफ्टका ‘३६५’ सेवा, टीम्स, आउटलूक र यसको एआई च्याटबट कोपाइलट प्रभावित भएका छन्। यसका फरकफरक प्रयोगकर्ताहरूले केही हदसम्म सेवा चलेको बताए पनि धेरैले इमेल पठाउन र पाउन नसकेको, क्लाउडमा रहेका फाइलहरू खोल्न नसकेको र क्यालेन्डर एपमा राखिएका विवरणहरू हेर्न नसकेको बताएका छन्। केहीले टीम्स सामान्य अवस्था जसरी नै चलिरहेको बताएका छन्।

यस्ता सेवामा आएको अवरोध निगरानी गर्ने वेबसाइट ‘डाउन डिटेक्टर’का अनुसार बिहीवार साँझ ७४ देशका १,४०,००० प्रयोगकर्ताहरू प्रभावित भएका थिए। माइक्रोसफ्टको वेबसाइटका अनुसार विश्वभरि ४३ करोड मानिसहरूले माइक्रोसफ्ट ३६५ एपहरू प्रयोग गर्छन्। विश्वभरि कैयौँ कम्पनीहरूले पनि यसको सेवा प्रयोग गर्ने भएका कारण यसको प्रभाव अन्य सेवाहरूमा समेत पर्ने ठानिएको छ।

माइक्रोसफ्टले साइबर आक्रमण नभएको स्पष्ट गर्दै आफ्ना पूर्वाधारमा बढेको चापका कारण अहिलेको समस्या आएको बताएको छ। यसको अर्थ उसका सर्भरहरूमा सामान्य अवस्थाभन्दा धेरै ठूलो चाप परेको हुन सक्छ। माइक्रोसफ्टका कैयौँ सर्भरहरू एकै पटक चल्न छोडेका कारण बाँकी भएका सर्भरमा प्रयोगकर्ताहरूको चाप बढ्दा ठूलो स्तरको समस्या आएको माइक्रोसफ्टले जनाएको छ।


Advertisementadv-800×200.png

सम्बन्धित खबर