Skip to main content
आर्सनलमाथि सिटीको जितपछि घट्यो अंकदूरी, रोचक बन्दै उपाधि होड

सिटीको जितपछि आर्सनलसँगको अंक अन्तर घट्यो, उपाधि प्रतिस्पर्धा अझ रोचक बन्यो

इंग्लिश प्रिमियर लिगमा म्यान्चेस्टर सिटीले आर्सनललाई २-१ ले हराउँदै अंकअन्तर कम गरेको छ। सिटीका लागि रियान चेर्की र एर्लिङ हालान्डले गोल गरे भने आर्सनलका लागि काई हाभर्ट्जले गोल फर्काए। सिटीले बर्नलीविरुद्धको खेल दुई गोलको अन्तरले जितेमा शीर्ष स्थानमा माथि उठ्न सक्छ।

६ वैशाख, काठमाडौं। इंग्लिश प्रिमियर लिगको उपाधि प्रतिस्पर्धा थप रोमाञ्चक बनेको छ। आइतबार राति भएको खेलमा दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीले शीर्ष स्थानमा रहेको आर्सनललाई २-१ ले पराजित गर्दै अंकअन्तर घटाएको छ। घरेलु मैदानमा सिटीका लागि रियान चेर्कीले १६औं मिनेटमा गोल गर्दै अग्रता दिलाए। त्यसको दुई मिनेटपछि काई हाभर्ट्जले आर्सनलका लागि बराबरी गोल गर्दै पहिलो हाफ १-१ को बराबरीमा सकियो।

दोस्रो हाफमा एर्लिङ हालान्डले ६५औं मिनेटमा निर्णायक गोल गरे। त्यसपछि कुनै गोल नभएपछि आर्सनलले अंकअन्तर बढाउने मौका गुमाएको छ। आर्सनलले जित्ने हो भने ९ अंकको अग्रता बनाउन सक्ने स्थितिमा थियो। अहिले सिटीको ३२ खेलमा ६७ अंक छ भने आर्सनलको ३३ खेलमा ७० अंक छ। डबल गेमविकमा रहेको सिटीले अब बर्नलीविरुद्धको खेल दोहोरो गोल अन्तरले जितेमा शीर्ष स्थानमा उक्लन सक्छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ