Skip to main content
मन्त्री र सांसदबाट मात्रै रास्वपाले उठाउनेछ वार्षिक ३ करोड ३३ हजार लेबी

रास्वपाले मन्त्री र सांसदबाट वार्षिक ३ करोड ३३ लाख ३६ हजार रुपैयाँ लेवी संकलन गर्ने निर्णय

रास्वपाले सांसद र मन्त्रीबाट मासिक १५ हजार र १८ हजार रुपैयाँ लेवी संकलन गर्ने निर्णय गरेको छ। सांसद १६६ जनाबाट मासिक २४ लाख ९० हजार र मन्त्री १६ जनाबाट २ लाख ८८ हजार रुपैयाँ लेवी संकलन हुनेछ। स्वकीय सचिवबाट पनि मासिक ३ लाख ६४ हजार रुपैयाँ लेवी उठ्ने सम्भावना रहेको रास्वपाले जनाएको छ। ७ वैशाख, काठमाडौं।

सत्तारुढ रास्वपाले मन्त्री, सांसद र स्वकीयले पार्टीलाई बुझाउनुपर्ने लेवी निर्धारण गरेको छ। केन्द्रीय समितिको बैठकले सचिवालयबाट पारित निर्णयलाई संशोधन गरी यो लेवी कायम गरेको हो। सोमबार पारित भएको पार्टी निर्णयअनुसार प्रत्येक सांसदले पार्टीका लागि मासिक १५ हजार रुपैयाँ लेवी बुझाउनु पर्नेछ। रास्वपामा मन्त्री भएका १६ जनालाई घटाउँदा १६६ सांसदले प्रति महिना १५ हजार रुपैयाँ पार्टीको खातामा जम्मा गर्नुपर्नेछ।

१६६ सांसदबाट प्रतिमहिना रास्वपाको खातामा २४ लाख ९० हजार रुपैयाँ जम्मा हुने भएको छ। सांसदहरूबाट मात्रै वार्षिक २ करोड ९८ लाख ८० हजार रुपैयाँ रास्वपाको खातामा जम्मा हुनेछ। मन्त्रिपरिषद्मा रहेका १६ जनाबाट रास्वपाले प्रति महिना १८ हजार रुपैयाँ लेवी संकलन गर्ने भएको छ। यसरी रास्वपाले मन्त्रीहरूबाट प्रति महिना २ लाख ८८ हजार रुपैयाँ रकम जम्मा गर्नेछ।

रास्वपाले मन्त्रीका स्वकीयहरूलाई पनि २ हजार रुपैयाँ मासिक लेवी तोकेको छ। यद्यपि उनीहरूले कति जना स्वकीय राख्न पाउने र कति जनाबाट लेवी उठाउने भन्ने विषयमा रास्वपाले स्पष्ट पारेको छैन। यदि सबै सांसदले स्वकीय सचिव राखेमा १८२ जना उक्त पदमा रहनेछन्। रास्वपाका सबै सांसदले स्वकीय सचिव राख्ने भएमा प्रति महिना ३ लाख ६४ हजार रुपैयाँ लेवी उठ्नेछ। यस हिसाबले प्रति वर्ष स्वकीय सचिवबाट ४३ लाख ६८ हजार रुपैयाँ रास्वपाको खातामा जम्मा हुन सक्नेछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ