Skip to main content
सशस्त्रका ७ अधिकृत एसएसपी बढुवाका लागि सिफारिस – Online Khabar

सशस्त्र प्रहरीका ७ एसपीलाई एसएसपी पदमा बढुवा गर्ने सिफारिस

१२ वैशाख, काठमाडौं। सशस्त्र प्रहरी बलका सात जना एसपी (उपरीक्षक) हरुलाई एसएसपी (वरिष्ठ उपरीक्षक) पदमा बढुवा गर्न सिफारिस गरिएको छ। हालै ६ जना एसएसपीलाई डीआईजी पदमा बढुवा गरिएपछि खाली भएका ६ एसएसपी र पहिलेदेखि खाली रहेको १ पद गरी कुल ७ वटा एसएसपी पदमा बढुवा सिफारिस गरिएको हो।

बढुवा सिफारिस गरिएको सूचीअनुसार पहिलो स्थानमा दीपक कुमार थापा, दोस्रोमा सुधीर सुवेदी, तेस्रोमा महेश केसी, चौथोमा प्रकाश कुमार सुवेदी, पाँचौंमा चित्राङ्गत दहाल, छैठौंमा सुभाष भण्डारी र सातौंमा प्रदीप सिंह कार्की रहेका छन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ