WordPress database error: [Disk got full writing 'information_schema.(temporary)' (Errcode: 28 "No space left on device")]
SHOW FULL COLUMNS FROM `nw_options`

WordPress database error: [Disk got full writing 'information_schema.(temporary)' (Errcode: 28 "No space left on device")]
SHOW FULL COLUMNS FROM `nw_options`

WordPress database error: [Disk got full writing 'information_schema.(temporary)' (Errcode: 28 "No space left on device")]
SHOW FULL COLUMNS FROM `nw_options`

वर्डप्रेस डाटाबेस त्रुटि: [Disk got full writing 'information_schema.(temporary)' (Errcode: 28 "No space left on device")]
SHOW FULL COLUMNS FROM `nw_options`

वर्डप्रेस डाटाबेस त्रुटि: [Disk got full writing 'information_schema.(temporary)' (Errcode: 28 "No space left on device")]
SHOW FULL COLUMNS FROM `nw_options`

स्पेनको कानुनीकरण प्रक्रिया दिल्ली सारिएपछि हजारौं नेपाली प्रभावित – Space4k Television News Update
Skip to main content

स्पेनको कानुनीकरण प्रक्रिया दिल्ली सारिएपछि हजारौं नेपाली प्रभावित

स्पेनले सन् २०२५ डिसेम्बर ३१ अघि आएका आप्रवासीलाई कानुनीकरण गर्ने प्रक्रिया सुरु गरेको छ, जुन आगामी जुन ३० सम्म खुला रहनेछ। काठमाडौंस्थित स्पेनिश कन्सुलेटले २४ अप्रिल २०२६ देखि नेपाली कागजात प्रमाणीकरण अधिकार रोकिएको र अब दिल्लीस्थित स्पेन दूतावासमार्फत मात्र प्रमाणीकरण हुने बताएको छ। स्पेनमा असाधारण कानुनीकरण प्रक्रियामा पाँच दिनमै १ लाख ३० हजार आवेदन परेका छन् र करिब ३-४ हजार प्रहरी रिपोर्ट प्रमाणीकरण बाँकी छ।

स्पेनले आप्रवासीका लागि थालेको असाधारण कानुनीकरण प्रक्रियाले हजारौं नेपालीमा ठूलो आशा जगाएको छ। तर, त्यो आशा अहिले कागजी झन्झट र प्रशासनिक जटिलताबीच अन्योलमा परिणत भएको छ। सन् २०२५ डिसेम्बर ३१ अघि स्पेन आएका र कम्तीमा पाँच महिनादेखि लगातार बस्दै आएका आप्रवासीलाई वैधानिकता दिने उद्देश्यले स्पेन सरकारले यो प्रक्रिया सुरु गरेको हो। प्रक्रियामा मुख्य रूपमा आपराधिक अभिलेख नभएको प्रमाणपत्र (प्रहरी रिपोर्ट) अनिवार्य गरिएको छ।

काठमाडौंस्थित स्पेनिश कन्सुलेट कार्यालयलाई २४ अप्रिल २०२६ देखि नेपाली कागजातहरूको प्रमाणीकरण गर्ने अधिकार अस्थायी रूपमा रोकिएको छ। यस निर्णयसँगै प्रक्रिया थप जटिल बनेको छ। नेपालमै हुने अपेक्षा गरिएको कागजात प्रमाणीकरण अब दिल्ली हुँदै पुनः म्याड्रिडसम्म पुग्नुपर्ने भएकाले समय, खर्च र प्रक्रियागत अनिश्चितता बढेको छ। यसले प्रक्रिया झन् लामो, खर्चिलो र अनिश्चित बनाएको छ।

कपानकी कविता राईले भनिन्, “पुलिस रिपोर्टमा स्पेनिश कन्सुलेटबाट प्रमाणीकरण गर्न मात्रै बाँकी थियो, तर कन्सुलेटमा दुई महिना पछि मात्रै पालो आउँछ होला भनिएको थियो।” एनआरएनए स्पेनका अध्यक्ष सन्तोष श्रेष्ठले भने, “यो यहाँ रहेका नेपालीका लागि असाध्यै झन्झटिलो र दुखद खबर हो।”