
नेपाल आईसीसी महिला च्यालेन्ज ट्रफीको उपाधि जित्ने दौडबाट बाहिर
नेपाली महिला क्रिकेट टोली आईसीसी महिला च्यालेन्ज ट्रफीको उपाधि जित्ने दौडबाट बाहिरिएको छ। बिहीबार सम्पन्न पहिलो खेलमा अमेरिकाले इटालीलाई हराउँदै प्रतियोगिताको उपाधि पक्का गरेको छ। नेपालले भानुआतुसँग र अमेरिकासँग पराजय भोग्दै ६ खेलमा मात्र ६ अंक जोड्न सफल भएको छ।
अमेरिकाले इटालीले दिएको १०० रनको लक्ष्य १७औं ओभरमा पुरा गर्दै उपाधि जित्ने निश्चित गरेको छ। प्रतियोगितामा नेपाल हाल भानुआतुसँग खेलिरहेको छ र त्यसपछि इटालीसँग खेल्ने बाँकी छ। यी दुवै खेल जिते पनि नेपाललाई उपाधि पक्का गर्न पर्याप्त हुनेछैन। ६ खेलमा ६ अंक जोडेको नेपालले दुवै खेल जिते पनि कुल १० अंक मात्र हुनेछ।
अमेरिकाले ७ खेलमा १२ अंक संकलन गरिसकेको छ। प्रतियोगितामा नेपालले अमेरिकासँगको दुवै खेलमा हार भोगेको छ भने भानुआतुसँगको खेलमा पनि पराजय भोगेको थियो। त्यस्तै, रुवान्डासँगको दुवै खेल जित्दा नेपालले इटालीसँगको खेलमा जीत हासिल गरेको थियो।