
अधिनायकवादी प्रवृत्तिका प्रारम्भिक संकेतहरू कसरी चिन्ने?
हरेक अधिनायकवादी सोचमा एउटा साझा विशेषता हुन्छ – उनीहरू लोकतन्त्रको प्रक्रियालाई झन्झटिलो, ढिलो र अप्रभावकारी भनेर चित्रण गर्छन्। यसका लागि उनीहरूले संसदलाई निष्क्रिय बनाउने, बहसलाई अवरुद्ध गर्ने, नीति निर्माण प्रक्रिया जानाजानी ढिलो बनाउने र त्यसपछि भन्छन्, ‘लोकतन्त्र ढिलो र असक्षम छ।’