स्वास्थ्य मन्त्रालयमा गुनासोको चाप, कर्मचारीको व्यवहार र सेवा व्यवस्थामा समस्या

स्वास्थ्य मन्त्रालयको हेलो हेल्थ सेवा मार्फत दैनिक १०० भन्दा बढी अस्पताल कर्मचारीको व्यवहार, औषधि अभाव र सेवा व्यवस्था सम्बन्धी गुनासोहरू आइरहेका छन्। स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायकलाई १६ अर्ब बढी भुक्तानी गर्न बाँकी राखेपछि कतिपय अस्पतालले बीमा सेवा रोक्न थालेका छन्। अस्पताल सुधार कार्यविधि–२०८२ लागु भएपछि गुनासामा सुधार देखिएको छ र गम्भीर उजुरी सम्बन्धित निकायमा पठाइँदैछ। २५ वैशाख, काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ‘हेलो हेल्थ’मा देशका विभिन्न भागबाट गुनासाहरू आइरहेका छन्। कतिपयले अस्पतालको लामो लाइनको पीडा सुनाउँछन्, कोही औषधि अभावको र कर्मचारीको नराम्रो व्यवहारको वेदना साझा गर्छन्। मन्त्रालयका सूचना अधिकारी डा. भक्तबहादुर केसीको मोबाइलमा मंगलबार नुवाकोटबाट यस्तै गुनासा फोन आयो। फोन गर्ने व्यक्तिको ७० वर्षीया आमालाई उच्च रक्तचाप र मुटुको समस्या छ। उनी लामो समयदेखि वीर अस्पतालबाट उपचाररत छिन्। पहिले स्वास्थ्य बीमाबाट दीर्घरोगीलाई तीन महिनासम्म पुग्ने औषधि दिइन्थ्यो र परिवारले डाक्टरको पुर्जा लिएर औषधि ल्याउन सक्थे। तर हाल अस्पतालले नयाँ नियम लागु गरेको छ – अब एक महिनाको मात्र औषधि दिइन्छ र बिरामी स्वयं उपस्थित हुनुपर्ने व्यवस्था गरिएको छ। वृद्ध आमालाई काठमाडौं ल्याउनुपर्ने, एम्बुलेन्स भाडा, खानबस्ने खर्च जोड्दा औषधिको मुल्यभन्दा यात्रालागि खर्च धेरै छ। फोन गर्ने व्यक्तिले गुनासा गर्दै भनिन्, ‘बिरामीलाई वीर अस्पताल पुर्याउन गाह्रो छ। काठमाडौं आउन धेरै खर्च लाग्छ। नजिकै औषधि पाउने विकल्प हुनुपर्थ्यो।’ डा. केसीले स्थानीय अस्पतालबाट समस्या समाधान गर्न सकिने आश्वासन दिए। एक हप्ता अघि स्वास्थ्य सेवा विभाग (टेकु) स्थित कल सेन्टर (१११५) मा कार्यरत कर्मचारीको खराब व्यवहारको गुनासो गरिएको थियो। त्रिवि शिक्षण अस्पतालको बिल काउन्टरमा कार्यरत कर्मचारीहरूले हप्काएको एक महिलाले आरोप लगाइन्। उनले भनिन्, ‘काउन्टरका केही कर्मचारीले आवश्यक जानकारी दिएनन्, उल्टो फोनमा झर्को गरे। डाक्टरलाई सोध्दा झर्कीफर्की गरियो।’ यस्ता कर्मचारीको व्यवहारले सेवाग्राहीमा सेवा लिने असहजता भैरहेको ती महिलाले बताइन्। उनले स्वास्थ्य मन्त्रालयलाई सुझाव दिँदै भनिन्, ‘कर्मचारी व्यवस्थापन सुधार गरी सेवाग्राही मैत्री व्यवहार सुनिश्चित गर्न अनुरोध गर्दछु.’






