Skip to main content

अन्तर्राष्ट्रिय उडान अवतरणमा अवरोध, टर्किश एयरलाइन्सको जहाजमा आगो लाग्यो

२८ वैशाख, काठमाडौं । काठमाडौंको मुख्य धावनमार्गमा अवतरणका क्रममा टर्किश एयरलाइन्सको जहाजमा आगो लागेपछि अन्तर्राष्ट्रिय उडानको अवतरण प्रक्रियामा अवरोध आएको छ। जहाज धावनमार्गमै अड्किएपछि अन्तर्राष्ट्रिय उडानका ठूला जहाजहरुको नियमित तालिका प्रभावित बनेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का सूचना अधिकारी ज्ञानेन्द्र भुलले भने, ‘अहिले उडानको अवतरण बन्द छ, जहाजलाई धावनमार्गबाट ट्याक्सीवेमा लगेर यात्रुहरुको उद्धार भइरहेको छ।’

इस्तानबुलबाट काठमाडौं आएको TK726 जहाज आज बिहान पौने सात बजे अवतरण गर्ने क्रममा यसको चक्कामा आगो लागेको थियो। उक्त आगो दमकलको सहयोगले निभाइएको थियो। यात्रुहरुलाई इमरजेन्सी ढोका खोल्दै उद्धार गरिएको थियो। जहाजमा ४ बालबालिका सहित कुल २७७ जना यात्रु थिए। उनीहरु सबै सुरक्षित रहेको पुष्टि गरिएको छ। जहाजमा आगो लागेपछि उद्धारकालागि केही यात्रुको हातमा चोट लागेको बताइएको छ। साथै जहाजसंगै केही सामान र केही शवहरु पनि रहेको जानकारी दिएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ