Skip to main content
थप अनुसन्धानका नाममा क–कसले पाए उन्मुक्ति ? – Online Khabar

थप अनुसन्धानका नाममा उन्मुक्ति पाएका व्यक्तिहरूको सूची सार्वजनिक

समाचार संक्षेप समीक्षा र सम्पादकीय जाँचपछि नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीसहित तीन जनाविरुद्ध मुद्दा दर्ता भएता पनि आधा दर्जनभन्दा बढी व्यक्तिहरूले थप अनुसन्धान र प्रमाणका नाममा उन्मुक्ति पाएका छन्। अधिकारीसँग सोझो सम्बन्ध देखिएका ठेकेदार नवीनराज बस्नेत, पत्रकार प्रमोद सेढाईं, भारतीय तान्त्रिक जगदम्बे गुरु लगायतविरुद्ध मुद्दा दर्ता भएको छैन। अधिकारीले अख्तियार प्रमुखलाई धम्की दिने प्रकाश पाठकलाई २ करोड रुपैयाँ दिएका थिए र यस प्रकरणमा अधिकारीसहित केहीलाई आपराधिक कसुरमा मुद्दा दर्ता गरिएको छ। ३० वैशाख, काठमाडौं।

नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक (डीजी) प्रदीप अधिकारीले गरेका अपराधमा संलग्न आधा दर्जनभन्दा बढी व्यक्तिहरूले थप अनुसन्धान र प्रमाणको नाममा उन्मुक्ति पाएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा मंगलबार अधिकारीसहित तीन जनाविरुद्ध मुद्दा दर्ता भएता पनि, अधिकारीसँग सोझो सम्बन्धमा रहेका ठेकेदार, बिचौलिया र आफूलाई जेनजी अभियन्ता भनेर देखाउनेहरू विरुद्ध मुद्दा दर्ता भएको छैन। ठेकेदार नवीनराज बस्नेत, जेनजी अभियन्ता दाबी गर्ने अर्जुन शाही, पत्रकार प्रमोद सेढाईं, भारतीय तान्त्रिक गुरु भनिने जगदम्बे गुरु (सरया किन्नेरा), प्रदीप अधिकारीसँग पाँच लाख रुपैयाँ लिएका रवि सिंघल, एक बैंक कर्मचारी जेनु थापा तथा अधिकारीको अधीनमा काम गर्ने क्यान कर्मचारी चाँदमाला श्रेष्ठविरुद्ध मुद्दा दर्ता गरिएको छैन।

प्रहरी परिसरका डीएसपी कौशलकुमार बुढाथोकीले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘कोही कसैको विरुद्ध मुद्दामा संलग्नता र प्रमाणित भएमा मुलुकी अपराध संहिताको दफा ३५ बमोजिम थप अनुसन्धानको प्रतिवेदन पेश गरिनेछ।’ यसै प्रकरणमा अधिकारीसँग जेनजी मिलाउने भन्दै रवि सिंघलले पाँच लाख रुपैयाँ लिएका थिए। अधिकारीले आफ्नोपक्षको अनुसन्धान रोक्न र मुद्दा मिलाउन जेनजीको साथ खोजेका थिए। यसको जिम्मा सिंघलले लिएको कुरा उनीहरूको कुराकानीबाट पुष्टि भएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ