
फेशन विशेषज्ञहरूले जिन्ससँग मेल खाने फुटवेयर रोज्नु स्टाइल र कम्फर्टका लागि अनिवार्य बताएका छन्। आजभोलि फेसन केवल राम्रो कपडा मात्र लगाउने कुरामा सिमित छैन, यसलाई मेल खाने फुटवेयर छान्नु पनि उतिकै महत्वपूर्ण हुन्छ। विशेष गरी जिन्स यस्तो पहिरन हो जसलाई प्रायः सबै उमेर समूहका मानिसहरू मन पराउँछन्। कलेज जानुहोस् वा अफिस, साथीहरूसँग घुम्न वा दैनिक प्रयोगका लागि, जिन्सले सधैं सहज र स्टाइलिश लुक दिन्छ। तर धेरै मानिसहरूले राम्रो जिन्स लगाए पनि त्यससँग मेल खाने जुत्ता वा फुटवेयरमा खास ध्यान दिंदैनन्। जबकि सही फुटवेयरले व्यक्तित्वलाई अझ मनोहर, स्मार्ट र फेसनेबल बनाउन सक्छ।
फेशन विशेषज्ञहरू भन्छन् कि एउटै जिन्सलाई विभिन्न प्रकारका फुटवेयरसँग मिलाएर नयाँ लुक सिर्जना गर्न सकिन्छ। कहिले क्याजुअल, कहिले क्लासी र कहिले बोल्ड स्टाइल पनि देखाउन सकिन्छ। त्यसैले आफ्नो स्टाइल, अवसर र आरामलाई ध्यानमा राखेर फुटवेयर छान्नु आवश्यक हुन्छ। यहाँ जिन्ससँग लगाउँदा स्टाइलिश देखाउने ५ प्रकारका फुटवेयरको चर्चा गरिएको छ।
१. ह्वाइट स्नीकर्स: जिन्ससँग सबैभन्दा धेरै रुचाइने र कहिल्यै फेसनबाट बाहिर नजाने फुटवेयर हो– ह्वाइट स्नीकर्स। सेतो रंगका स्नीकर्स ब्लू, ब्ल्याक वा ग्रे जुनसुकै जिन्ससँग सहजै मेल खान्छन्। कलेज, किनमेल, यात्रा वा साथीभाइसँग भेटघाटमा ह्वाइट स्नीकर्सले स्मार्ट र ताजा लुक दिन्छ। २. ब्लक हिल्स: यदि तपाईं जिन्ससँग अलिक क्लासी र एलिगेन्ट लुक चाहनुहुन्छ भने ब्लक हिल्स राम्रो विकल्प हुन सक्छ। ३. लोफर्स: लोफर्स अहिले युवापुस्ता देखि अफिस जानेहरू माझ लोकप्रिय हुँदै गएको फुटवेयर हो। ४. एंकल बुट्स: बोल्ड, ट्रेन्डी र वेस्टर्न लुक मन पराउनेहरूका लागि एंकल बुट्स उत्कृष्ट विकल्प हो। ५. ब्याले फ्ल्याट्स: साधारण, सहज र एलिगेन्ट लुक चाहनेहरूका लागि ब्याले फ्ल्याट्स उत्कृष्ट विकल्प हो।






