Skip to main content

“विवाह पछि र छोराछोरी पाएपछि पनि हामी फुटबल खेल्न सक्छौँ”

“विवाह पछि र छोराछोरी पाएपछि पनि हामी फुटबल खेल्न सक्छौँ” प्रकाशित ३८ मिनेट पहिले। फुटबल खेलमा आफ्नो करिअर बनाउने वा यसै क्षेत्रमा लाग्ने सोच निशा सुनारले कहिल्यै गरेकी थिइनन्। सुदूरपश्चिमको निम्न वर्गीय परिवारमा जन्मिएकी उनी अहिले थुप्रै पुरस्कार जितेर सफल खेलाडी बनेकी छिन्। केही समय सशस्त्र माओवादी द्वन्द्वकालमा जनमुक्ति सेनामा काम गरेकी उनले पछि त्यो छोडेर खेलतर्फ लागेकी बताउँछिन्।

“मेरो भाग्यले तानेर यहाँसम्म ल्याएको छ। मेरो शरीर र मेरो गति (स्पीड)ले साथ दियो,” नेपाल प्रहरी महिला फुटबल टोलीकी ‘फरवार्ड’ खेलाडी सुनारले भनिन्। हालै सम्पन्न ‘पोखरा वुमन्स गोल्ड कप २०८३’ मा उनी सम्पूर्ण टुर्नामेन्टको सर्वोत्कृष्ट खेलाडी घोषित भइन्। यो पुरस्कार उनको लागि विशेष थियो किनभने यो आमा बनिसकेपछि खेलमा उनको पहिलो ‘कम ब्याक’ थियो।

निशा सुनारको वास्तविक नाम निर्मला बिक हो र उनी महिला फुटबलमा परिचित छिन्। वि.सं. २०७० मा नेपाल प्रहरीले समावेश गरेकी उनी अनेकौं ‘बेस्ट प्लेयर’ उपाधि जितिसकेकी छिन्। विवाह र आमा भएपछि पनि श्रीमानको साथले खेल क्षेत्रमा यहाँसम्म ल्याएको सुनार बताउँछिन्। उनकी छोरी हाल १५ महिनाकी छन्। “छोरी जन्मेको तीन महिनापछि म फेरि तालिममा फर्किएँ र लगातार मेहनत गरेर खेल मैदानमा सफल भएँ,” सुनारले भनिन्।

उनले फुटबलमा ‘कम ब्याक’ गर्दा आएका चुनौतीहरू कसरी सामना गरिन् र पहिलो खेलमै कसरी सर्वोत्कृष्ट खेलाडी बनिन्? सृजना श्रेष्ठले तयार पारेको यो भिडिओ हेर्नुहोस्।