
रोल्पामा संकास्पद वस्तु भेटिएपछि सेनाले गरेको नष्ट
रोल्पाको परिवर्तन गाउँपालिका–३ बाघमारा क्षेत्रमा सडक मर्मत कार्यको क्रममा एक संकास्पद वस्तु फेला परेको थियो, जसलाई नेपाली सेनाको सूर्यदल गणले डिस्पोज गरी नष्ट गरेको छ। ६ जेठ, काठमाडौँ। रोल्पाबाट संकास्पद वस्तु फेला परेको सूचना प्राप्त भएपछि नेपाली सेनाको टोलीले उक्त वस्तुलाई डिस्पोज गरेको हो। परिवर्तन गाउँपालिका–३ बाघमारा क्षेत्रमा जारी सडक मर्मतको क्रममा उक्त वस्तु भेटिएको थियो। नेपाली सेनाको सूर्यदल गणबाट खटिएको बम डिस्पोज टोलीले यस वस्तुलाई सुरक्षित तरिकाले डिस्पोज गरी नष्ट गरेको छ।