Skip to main content

लहानमा आइतबार विद्यालय सञ्चालन गर्ने निर्णय

९ जेठ, सिरहा। लहान नगरपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ। केन्द्र सरकारले शनिवार र आइतबार विद्यालय बन्द गर्ने घोषणा गरेको भए पनि नगरपालिकाले आइतबार विद्यालय खुला राख्ने निर्णय गरेको हो। नगरप्रमुख महेश प्रसाद चौधरीले शुक्रबार जारी गरेको सूचनाअनुसार, नगर कार्यपालिकाको निर्णय बमोजिम पालिकाभित्रका सबै सामुदायिक, धार्मिक तथा संस्थागत विद्यालयहरू आइतबारदेखि शुक्रबारसम्म नियमित रूपमा सञ्चालन गरिने छन्। विद्यालय सञ्चालनको समय पहिलेको जस्तै नै रहने जानकारी दिइएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले इन्धन खपत नियन्त्रण, प्रशासनिक खर्च व्यवस्थापन र सरकारी प्रणालीलाई व्यवस्थित बनाउन संघीय सरकारले दुई दिने साप्ताहिक विदाको व्यवस्था गरेको थियो। नगरपालिकाको निर्णयलाई अभिभावक तथा शिक्षा सरोकारवालाले शैक्षिक गुणस्तर सुधारसँग जोडेर समर्थन गरेका छन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ