Skip to main content

मेस्सीले छैटौं विश्वकप खेल्दै, अर्जेन्टिनाले फिफा विश्वकप २०२६ का लागि अन्तिम टोली सार्वजनिक गर्यो

साविक विजेता अर्जेन्टिनाले लियोनल मेस्सीको नेतृत्वमा फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली सार्वजनिक गरेको छ। ३८ वर्षीय मेस्सीले यसपटक छैटौं पटक विश्वकप खेल्दै क्रिस्टियानो रोनाल्डोसंगै ६ पटक विश्वकप खेल्ने दुर्लभ कीर्तिमान बनाउने छन्।

अर्जेन्टिनाले विश्वकपको समूह ‘जे’ मा रहेको छ र आगामी जुन १७ मा अल्जेरियाविरुद्ध पहिलो खेल खेल्नेछ। त्यसपछि अस्ट्रिया र जोर्डनसँग प्रतिस्पर्धा गर्नेछ। टोलीमा एमिलियानो मार्टिनेज, लिसान्द्रो मार्टिनेज, क्रिस्टियन रोमेरो, एलेक्सिस म्याक एलिस्टर, एन्जो फर्नान्डेज र लाउतारो मार्टिनेजजस्ता खेलाडीहरू पनि समावेश छन्।

अर्जेन्टिनाको विश्वकप टोलीमा गोलकिपरका रूपमा हुआन मुसो, जेरोनिमो रुल्ली, र एमिलियानो मार्टिनेज रहेका छन्। डिफेन्डरमा लियोनार्डो बालेर्दी, निकोलस टाग्लियाफिको, गोन्जालो मोन्टियाल, लिसान्द्रो मार्टिनेज, क्रिस्टियन रोमेरो, निकोलस ओटामेन्डी, फाकुन्डो मेडिना, र नाहुएल मोलिना छन्। मिडफिल्डरमा लियान्द्रो पेरेडेस, रोड्रिगो डे पल, भालेन्टिन बार्को, जियोभानी लो सेल्सो, इजेकेकोल पलासियोस, एलेक्सिस म्याक एलिस्टर, र एन्जो फर्नान्डेज रहेका छन्। फरवार्डमा जुलियन अल्भारेज, लियोनल मेस्सी, निकोलस गोन्जालेज, थियागो अल्माडा, जुलियानो साइमन, निको पाज, जोसे म्यानुअल लोपेज, र लाउतारो मार्टिनेज छन्।