Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

मस्कले एनभिडियाका प्रमुखलाई जागिरको प्रस्ताव दिएका छन्

Advertisement800×200-1

२६ कात्तिक, काठमाडौं । अमेरिकी अर्बपति इलन मस्कले चिप निर्माता कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेनसन हुआङलाई आफ्नो कम्पनीमा कामका लागि प्रस्ताव गरेका छन् । मस्कले सामाजिक सञ्जाल एक्समार्फत एनभिडियाका प्रमुख कार्यकारी अधिकृत हुआङलाई आफ्नो कम्पनीमा काम गर्ने प्रस्ताव गरेका हुन् । हुआङलाई आफ्नो कम्पनीमा नियुक्त गर्न पाउनु सम्मानको विषय हुने उनको भनाइ छ ।

वित्तीय समाचार पोर्टल जिरोहेजले हुआङको भविष्यलाई लिएर गरेको पोस्टमा जवाफ दिँदै मस्कले यस्तो धारणा सार्वजनिक गरेको बीबीसीले जनाएको छ । यसैबीच, एआई क्षेत्रमा लगानी गर्दै आएका गेविन बेकरले एनभिडियाको सञ्चालक समितिलाई हुआङलाई पदबाट हटाउने निर्णय गर्नुअघि स्वतन्त्र छानबिनको नतिजा पर्खन सुझाव दिएका थिए । उक्त पोस्टमा मस्कले पनि समर्थन जनाउँदै ‘१००’ को इमोजी प्रतिक्रिया दिएका छन् ।

हुआङको नेतृत्वमा रहेको एनभिडियाले सन् २०२५ को अन्त्यतिर मस्कको एआई कम्पनी एक्सएआईमा दुई अर्ब अमेरिकी डलरसम्म लगानी गर्ने सहमति गरेको थियो । यसअघि सन् २०२५ को अक्टोबरमा सीएनबीसीसँगको कुराकानीमा हुआङले मस्कका परियोजनामा अझ बढी लगानी नगरेकोमा पछुतो लागेको बताएका थिए । उनले मस्क संलग्न रहेका अधिकांश परियोजनामा सहभागी हुन आफूहरू इच्छुक हुने धारणा पनि व्यक्त गरेका थिए ।


Advertisementadv-800×200.png

सम्बन्धित खबर