Skip to main content

त्रिविमा वार्षिक रूपमा १००० भन्दा बढी अनुसन्धान लेख उत्कृष्ट जर्नलहरूमा प्रकाशित हुँदैछन्: उपकुलपति बज्राचार्य

१८ जेठ, काठमाडौं। त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा सुशीलबहादुर बज्राचार्यले त्रिवि अनुसन्धानमूलक विश्वविद्यालय भएकाले वार्षिक रूपमा एक हजारभन्दा बढी अनुसन्धान लेख उत्कृष्ट जर्नलहरूमा प्रकाशन भइरहेको बताएका छन्। उनले त्रिविको स्तर र प्रतिष्ठा अझ उचाइमा पुर्‍याउन थप मेहनत आवश्यक रहेको कुरा पनि बताए। त्रिवि विश्वविद्यालय क्याम्पस प्रिन्सिपल कार्यालयले आयोजना गरेको अनुसन्धान विधि, तथ्याङ्क संकलन तथा विश्लेषण विधि सम्बन्धी कार्यशाला गोष्ठीमा उपकुलपति बज्राचार्यले आफ्नो विचार व्यक्त गरे।